प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५४ जना केन्द्रीय सदस्य र ३० सांसद्ले निर्वाचन आयोग पुगेर सनाखत हस्ताक्षर गरेका छन् । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका ३० सांसद् उपस्थित भएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।
आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ ।