Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनले लद्दाख नजिकै तैनाथ गर्‍याे परमाणु मिसाइल

चीनले लद्दाख नजिकै तैनाथ गर्‍याे परमाणु मिसाइल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७७ बुधवार • १०:३७:२५ बजे
  • 3.0K
    SHARES
  • चीनले लद्दाख नजिकै तैनाथ गर्‍याे परमाणु मिसाइल

    एजेन्सी । भारतसँगको सीमा विवाद चर्किएपछि चीनले लद्दाख नजिकैको क्षेत्रमा परमाणु हतियार लैजाने मिसाइल तैनाथ गरेको छ । भारतीय सञ्चारमाध्यमले परमाणु हतियार लैजाने मिसाइल लद्दाख नजिकैको क्षेत्रमा चीनले तैनाथ गरेको दावी गरेका छन् । केही स्याटेलाइट तस्बिर पनि सार्वजनिक भएको छ ।

    images
     

    लद्दाखबाट ६ सय किलोमिटरको दूरीमा परमाणु बमबर्षक तैनाथ गरेको समाचार सार्वजनिक गरेको केही समयमै चीनले सिनजियाङ प्रान्तको कोर्ला आर्मी बेसमा मिसाइल तैनाथ गरेका स्याटेलाइट तस्बिर सार्वजनिक भएका छन् ।

    भारतीय सुरक्षा अधिकारीले ती मिसाइलको प्रहार चार देखि ५ हजार किलोमिटरसम्म रहेको बताएका छन् । चीनले प्रहार गरेमा भारतका सबैजसो सहर ध्वस्त हुनेछन् । यी तस्बिरको सार्वजनिक ओपन इन्टेलिजेन्स सोर्सले गरेको छ ।

    चीनले सन् २०१९ मा भारतसँग जोडिएका पश्चिम उत्तर क्षेत्रका पठार क्षेत्रमा युद्धअध्यास गरेको थियो । चिनियाँ मिसाइल परम्परागत एवं अटोमेटिक हतियार लैजान सक्षम खालको छ ।

    कुन मिसाइलमा कस्तो हतियार छ भन्ने कुरा पनि पत्ता लगाउन नसकिने खालको संसारकै दुई प्रकारको क्षमता भएको मिसाइल हो । चिनियाँ मिसाइललाई गुआम किलर पनि भनिन्छ ।

  • सम्बन्धित विषय:

  • # आणविक हतियार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology