Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिंदै

मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिंदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७८ बिहिवार • ०९:४९:५५ बजे
  • 841
    SHARES
  • मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिंदै

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिंदैछन । पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि मुख्यमन्त्री राईले आज पदबाट राजिनामा दिन लागेका हुन । संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट आजै राजिनामा गरेर एमाले सचिब भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी रहेको छ । यसका लागि बुधबार राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । मुख्यमन्त्रीमा आचार्यलाई अघि बढ्न अध्यक्ष ओलीले केही महिना अघि नै संकेत गरेका थिए ।

    images

    राजिनामाका लागि अहिले विहान नौ बजेको जहाजबाट मुख्यमन्त्री राई बिराटनगर जाँदैछन । पार्टीको केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका प्रदेश १ का सांसदहरु पनि बैठक अगावै विराटनगर फर्कँदै छन । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार ११ बजे संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै राईले राजीनामा गरेर आचार्यलाई नियुक्त गर्न प्रदेश प्रमुखकहाँ आवेदन गर्ने तयारी छ ।

    प्रदेश १ मा हाल ९२ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ । त्यसमा राजेन्द्र राई, राजन राई र गणेश काम्बाङ माधव नेपालतिर लागेका छन् । यसका बावजुद पनि एमाले एक्लैको ४८ जना सांसदहरु रहेका छन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology