Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ मुख्यमन्त्री

एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १०, २०७८ बिहिवार • १०:४९:२२ बजे
  • 1.0K
    SHARES
  • एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

    नेकपा एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने हुनुभएको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले आचार्यलाई संसदीय नेता चयन गर्ने छ ।

    images

    संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेलगत्तै मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने बुझिएको छ ।

    आचार्यको आजै सपथ गराउने तयारी भईरहेको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् ।

    जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

    प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology