गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको बताएका छन् ।
संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री खाँणले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी नातेदारको उपचारका क्रममा दिल्ली गएको र आफूलाई २/४ दिन लाग्ने जानकारी दिए ।