नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको साथ छोडेर आफूलाई साथ दिन आम नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । केपी ओलीले नेतृत्व गरेको पार्टीले देशमा कुनै परिवर्तन गर्न नसक्ने भन्दै उनले अब नयाँ ढंगको कम्युनिष्ट आन्दोलन उठाउन सबैलाई आग्रह गरेका छन् । उनले आज पार्टी दर्ता भएपनि पहिलो पटक पत्रकार सम्मेलन गरेर देशव्यापी रुपमा नेता कार्यकर्ताहरुलाई यस्तो आह्वान गरेका हुन् । एमाले विभाज गरेर नेकपा(एकीकृत समाजवादी) निर्माणको मान्यता पाएपछि नेपाल विहिबार पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन् ।
उनले आफूहरुले एमालेमा ठुलो योगदान गरे पनि अब फेरि कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले विकास गर्नको लागि आफूहरुले जोखिम उठाएको बताए । नेपालले विश्वमा कम्युनिष्ट आन्दोलनहरु यसरी नै अगाडि बढेको बताए । उनले भने, ‘भएको पार्टीलाई छोडेर वा विभाजन गरेर पार लागिदैँन भन्नेहरु केही परिवर्तन गर्न सकेको छैन ।
नोपलको इतिहासमा भएको पार्टीलाई रुपान्तरण गर्न नचाहनेहरु सकिएको बताए । उनले एमाले निर्माण गर्न आफूहरुले ठुलो योगदान गरेपनि अहिले केपी ओली त्यो सबै सिद्याएको कारण आज आफूहरुले रुपान्तरित भएर कम्युनिष्ट आन्दोलनलाई गतिशील बनाउन परेको बताए । एमाले निर्माणमा ओलीको कुनै योगदान नभएकोले अहिले एमाले विभाजनसँगै नेपालमा कम्युनिष्ट आन्दोलन सिद्याउन लागेको आरोप लगाए ।
उनले देशभरको आम कार्यकर्तालाई ओलीलाई छोडेर आफूले नेतृत्व गरेको पार्टीमा आउन आग्रह गरेको छ । उनले ओली दक्षिण पन्थी भासमा भासिएको, एमाले सिद्याउन लागेको, संसद विघटन गर्न लागेको, पार्टी विभाजन गर्दै पाटी गरेर रमाएको कारण उनी अहिले हरेक हिसावमा असक्षम भएकाले उनलाई साथ नदिन आह्वान गरेका छन् ।