Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अध्यक्ष ओलीले भने : म हिँडेको बाटो गलत छैन

अध्यक्ष ओलीले भने : म हिँडेको बाटो गलत छैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७८ बिहिवार • १९:२७:५८ बजे
  • 643
    SHARES
  • अध्यक्ष ओलीले भने : म  हिँडेको बाटो गलत छैन

    नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको बताएका छन् । बिहीवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन् । आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र जनताका सामु गरिएका प्रतिवद्धताहरु भुलेर पार्टी फुटाइएको उनको भनाइ छ ।

    images

    उनले भने, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनको अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरू बिर्सिएर, आफुले हिजो जनताका अगाडी जनाएका प्रतिवद्धताहरु बिर्सिएर, आफुले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होईन, कसैले लखेटेर बस्न नसकेर होईन, सामान्य अवस्थामा त पार्टी चलिरहेको बेला, अगाडी बढिरहेको बेला स्वार्थवश, केहीका स्वार्थमा, केहीका अहंकारमा, केहीको ईष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ ।

    आन्दोलनलाई नोक्सान पार्ने, कतिसम्म सकिन्छ त्यतिसम्म नोक्सान पार्ने त्यसकाममा लागिरहनुभएको छ । केन्द्र प्रदेश र पालिकामा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरु, जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरु आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नुभएको छ जुन दुःखद कुरा हो ।’ एमालेलाई केन्द्र, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म कमजोर पार्न लागिएको उनको भनाइ छ । अध्यक्ष ओलीले भने म हिँडेको बाटो गलत बाटो गलत छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology