Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तानको राजधानी काबुलमा जिहादी आक्रमणमा १३ अमेरिकी सैनिकसहित ६० अफगानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा जिहादी आक्रमणमा १३ अमेरिकी सैनिकसहित ६० अफगानीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७८ शुक्रवार • १०:१६:११ बजे
  • 928
    SHARES
  • अफगानिस्तानको राजधानी काबुलमा जिहादी आक्रमणमा १३ अमेरिकी सैनिकसहित ६० अफगानीको मृत्यु

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’ उनले भने। उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे।

    images

    अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म एक लाख भन्दा बढीलाई अन्यत्रै लगिएको छ। तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्। बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने, ‘हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ’ बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए। त्यसको केही समय पछि गोली चलेको आवाज आयो।

    केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो। अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस–के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो। उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ।

    राष्ट्रपति बाइडनले भने, ‘हामी माफ गर्ने छैनौँ। हामीले बिर्सने छैनौँ। हामी तिमीहरूलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ।’ विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ। हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology