पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालयको शुभारम्भ गर्दै निधिले उम्मेदवारीको औपचरिक घोषणा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताए। उनले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको समेत बताए।
निधिले काँग्रेसलाई वैचारिक रुपमा प्रष्टता दिन र संविधानको अपन्वताका लागि पनि आफूले उम्मेदवारी दिएको बताए।
निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन समेत जनाए।
निधिले आउँदो महाधिवेशनलाई लक्षित गर्दै बानेश्वरमा सम्पर्क कार्यालय खोलेका हुन्। महाधिवेशनसम्मकै लागि बुक गरिएको ब्याङ्क्वेटमा सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष स्थापना गरिएको छ। निधिका लागि छुट्टै सचिवालय कार्यालय समेत निर्माण गरिएको छ।