Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विक एकीकृत समाजवादीमा

सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विक एकीकृत समाजवादीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • ११:३५:१२ बजे
  • 1.1K
    SHARES
  • सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विक एकीकृत समाजवादीमा

    नेकपा (एमाले) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विक पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् । माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने विकले घोषणा गरेकी हुन् ।

    images

    विक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी थिइनन् । विक एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक सांसद् हुन् । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी विकले विगतमा रावलकै कारण नेपाललाई साथ दिँदै आएकोमा अहिले उनले आफूहरुको साथ छाडेको बताइन् ।

    विकसँगै अहिलेसम्म आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट र प्रदेशसभा सदस्य अमरबहादुर साउद एकीकृत समाजवादीमा खुलेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology