Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तान बिमानस्थल बाहिर बिष्फोटन गराउने आईएस-केका योजनाकार अमेरिकी ड्रोन आक्रमणमा मारिए

अफगानिस्तान बिमानस्थल बाहिर बिष्फोटन गराउने आईएस-केका योजनाकार अमेरिकी ड्रोन आक्रमणमा मारिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १२, २०७८ शनिवार • १२:१४:३६ बजे
  • 1.3K
    SHARES
  • अफगानिस्तान बिमानस्थल बाहिर बिष्फोटन गराउने आईएस-केका योजनाकार अमेरिकी ड्रोन आक्रमणमा मारिए

    पोखरा ।  अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ ।

    images

    अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस-के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको हो । आईएस-के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो ।

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको आक्रमणको मूल्य आईएस-केले चुकाउनुपर्ने चेतावनी दिएका थिए । अमेरिकी सेनाले आईएस-केलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा कोही पनि सर्वसाधारणको मृत्यु नभएको बताएको छ ।

    बिहीबार काबुलको विमानस्थल बाहिर भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आईएस-केले लिएको थियो । उक्त आक्रमणमा १७० जनाको मृत्यु भएको थियो । जसमा १३ अमेरिकी सैनिक सामेल छन् । यो आक्रमणसँगै विभिन्न मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको कार्य रोकिसकेका छन् । अमेरिकाले भने आक्रमणले उद्धारको कार्य नरोकिने बताएको छ ।

    तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अहिले अफगानिस्तानबाट उद्धारको काम चलिरहेको छ । पछिल्लो दुई सातामा अमेरिकाले एक लाखभन्दा धेरै मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको बताएको छ ।एजेन्सी

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology