Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माधव नेपाललाई छाड्दा आफै एक्लीदै भीम रावल, धमाधम जिल्लाका नेता समाजवादीतिर

माधव नेपाललाई छाड्दा आफै एक्लीदै भीम रावल, धमाधम जिल्लाका नेता समाजवादीतिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • १२:२५:०६ बजे
  • 4.1K
    SHARES
  • माधव नेपाललाई छाड्दा आफै एक्लीदै भीम रावल, धमाधम जिल्लाका नेता समाजवादीतिर

    भीम रावल एमसीसीको विरोध जस्ता विभिन्न कारणले एमाले भित्र प्रभावशाली र चर्चित पात्र ठानिन्थे । यसको पछाडी उनको संगठित शक्ति पनि थियो । सुदुरपश्चिम प्रदेशमा सबैले उनलाई अगुवा नेताको रुपमा स्वीकारले निर्देशन मान्थे । तर अहिले एमाले नै विभाजित भए पछि र स्वयं भीम रावलले शुरुमा आफूले साथ दिएका माधव नेपाललाई नै छाडेर एमालेतिरै बसेपछि भने रावलको आफ्नै शक्ति कमजोर बन्न थालेको छ ।

    images

    जिल्लाकै प्रभावशाली नेताहरुले भीम रावलको साथ छाड्दै समाजवादीतिर लागेका छन् । सुदुरपश्चिम प्रदेश संसदीय दलकी सचेतक दुर्गा कुमारी विक, जिल्लाबाटै राष्ट्रिय सभा सदस्य रहेका शेर बहादुर कुवंर लगायत बलियो जिल्लाको टिम समाजवादीतिर लागेको छ । यसले भीम रावलको प्रभाव कम पर्ने अनुमान शुरु भएको छ । त्यसै गरी सुदुरपश्चिम प्रदेशमा पहिला रावलकै पछि लागेर माधव नेपालको टिममा उभिएका १७ जना प्रदेश सांसद मध्य १३ जना समाजवादीतिर लाग्ने बताईएको छ । त्यो भनेको सुदुरपश्चिम प्रदेशमा कुल एमाले सांसदको संख्याको आधा भन्दा बढी हुन आँउछ ।

    विभिन्न जिल्ला पार्टीका अध्यक्षहरु समेत समाजवादीतिर खुल्न थालेका छन् । सुदुरपश्चिम प्रदेशका एक प्रदेश सांसदले भीम रावल कुन प्रलोभन र दबाबमा पर्नु भयो थाहा छैन, पहिला उहाँलाई नेता मानेकै हो तर अहिले उहाँले हामीलाई छाड्नु भयो , यो स्थितिमा उहाँको पछि लाग्न सकिदैन । उनले नाम उल्लेख नगर्ने शर्तमा सुदुरपश्चिममा भीम रावलको जुन ब्राण्ड र शक्ति थियो, त्यो अब नरहने पनि दावी गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology