Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वाईसीएलको राष्ट्रिय भेलालाई प्रचण्डले गरे उद्घाटन

वाईसीएलको राष्ट्रिय भेलालाई प्रचण्डले गरे उद्घाटन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • १५:४६:४५ बजे
  • 1.9K
    SHARES
  • वाईसीएलको राष्ट्रिय भेलालाई प्रचण्डले गरे उद्घाटन

    नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ। दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो। वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन्। भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्।

    images

    भेलामा उद्घाटन र बन्द सत्र गरी दुई सत्र रहनेछन्। उद्घाटन सत्रमा अतिथिहरूले भेलाको सफलताको शुभेच्छा व्यक्त गर्नेछन् भने बन्द सत्रमा संगठनको विगतको समीक्षा, वर्तमानको अवस्था र भविष्यको कार्यदिशा एवं कार्ययोजनाबारे गम्भीर बहस गरी ठोस कार्यदिशाको संश्लेषणमा पुगिनेछ। भेलामा संगठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको निर्वाचन लगायतका एजेण्डामा गहन छलफल हुने छ भने छलफललाई प्रविधिमैत्री र सबैको अभिमतको प्रतिनिधित्व हुने व्यवस्था गरिने छ। 

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology