Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्लाउड क्रस गुरुप कम्पनीले ओमानमा सुरु गर्यो इन्जिनियरिङ कम्पनी

क्लाउड क्रस गुरुप कम्पनीले ओमानमा सुरु गर्यो इन्जिनियरिङ कम्पनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • १७:२७:२५ बजे
  • 2.2K
    SHARES
  • क्लाउड क्रस गुरुप कम्पनीले ओमानमा सुरु गर्यो इन्जिनियरिङ कम्पनी

    ओमान / ओमानको सोहारमा १० वर्ष देखि व्यावसाय गर्दै आउनु भएको मुन्ना बाबू परियारले ओमानमा नेपालीहरुको पहिलो लगानी स्वरुप क्लाउड क्रस गुरुप मार्फत इन्जिनियरिङ कम्पनी खोल्न सफल हुनु भएको छ ।

    images

    क्लाउड क्रस ट्राभल, मेनपावर पहिला देखिनै संचालनमा आएको छ भने अहिले कोरोनाको महामारीको बिचमा पनि नयाँ व्यावसाय संचालन गर्न लागेको छौ ।अहिले हामी संग ३ वटा प्रोजेक्ट आई सकेको छ । बाकी आगामी दिनमा अन्य व्यावसाय पनि थप गर्दै जाने कम्पनीका डाइरेक्टर मुन्ना बाबू परियारले बताउनु भयो । 

    बर्का स्थित बन्दै गरेको नेस्टो सुपर मार्केट बनाउने प्रोजेक्टमा पनि हाम्रा इन्जिनियरहरु र प्रोजेक्टमा केही प्रतिशत हाम्रो सहभागी रहेको छ। अन्य सरकारी प्रोजेक्ट घाला, दुकम सोहारमा छ्न  । ओमानमा नेपालीले खोलेको इन्जिनियरिङ कम्पनी हाम्रो नै होला पहिलो सायद अहिलेसम्म अरु कतै कुनै नेपालीले खोलेको सुनेको छैनौ ।
    होटेल, रेस्टुरेन्ट,सुपर मार्केट, नेपालीहरुले  संचालनमा ल्याय पनि इन्जिनियरिङ कम्पनी हाम्रो नै हो पहिलो मुना बाबू भन्नू हुन्छ । 

    नेपालीहरुले पनि व्यावसाय गर्न सक्छ्न भन्ने बनाउन अझै केही समय लाग्ने बताउनु हुन्छ । १७ हजारको हाराहारीमा रहेका नेपालीहरु प्राय गरि कम्पनीमा काम गर्छ्न । २/४ जनाले ओमानमा पनि व्यावसाय गर्न सुरु गरेको पछिल्लो समयमा देखिएको छ । ओमानमा प्रायः गरेर भारतीयहरुको ठूलो लगानी छ । होटेल, रेस्टुरेन्ट, सुपर मार्केट, स्कुल, कम्पनीहरुमा नेपालीहरु पनि भर्खर स्थापित हुन खोजेका छ्न । 

    ठूलो लगानी गरेको भनेको अहिले क्लाउड क्रस नै देखिको छ । मेनपावर कम्पनी, ट्राभल, इन्जिनियरिङ कम्पनीमा अहिले लगानी भएको देखिन्छ । आउने दिनमा अन्य क्षेत्रमा पनि लगानी गर्ने योजना रहेको क्लाउड क्रसका डाइरेक्टर मुन्ना बाबू परियाले बताउनु भयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology