Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • ११:४२:५९ बजे
  • 583
    SHARES
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

    बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    images

    आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे केन्द्रित छ। प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।

    कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै छन्। अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो। कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन।

    सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ। कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा सरकारमा जाने तयारीमा छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology