पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन्। गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो। खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो।
जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेका थिए। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएर एमाले विभाजनको अवस्थामा पुगेको थियो। एमाले विभाजनमा खनाल नेपालतिर गएका थिए।