Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एकीकृत समाजवादीको तर्फबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

एकीकृत समाजवादीको तर्फबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • १५:५५:२४ बजे
  • 643
    SHARES
  • एकीकृत समाजवादीको तर्फबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्री छान्ने जिम्मा पाएका छन् । आज बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो । बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाललाई नै चयन गरेको छ ।

    images

    बैठकका निर्णय सुनाउँदै सांसदसमेत रहेका नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताइसकेको छ । प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । बैठकले बाढीपहिरोबाट पीडित भएकाहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology