Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कारबाहीमा परेका एमालेको १४ सांसदको पद नजाने

कारबाहीमा परेका एमालेको १४ सांसदको पद नजाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • १९:०१:५३ बजे
  • 808
    SHARES
  • कारबाहीमा परेका एमालेको १४ सांसदको पद नजाने

    संसद सचिवालयले नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने निर्णय गरेको छ । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो ।

    images

    निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेपछि संसद सचिवालयले ती सांसदलाई कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो । ‘निर्वाचन आयोगमा छुट्टै दल दर्ता भएर आएकाले उनीहरुको सम्बन्धमा कारबाही गर्नुपर्ने अवस्था नदेखिएको संसद सचिवालय स्रोतको भनाई छ ।

    नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो । तर संसद सचिवालयले कारबाही गर्न ढिलाइ गर्दै आएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology