Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जसपा र एमालेका जनप्रतिनिधिले भदौ १५ देखि २२ गतेसम्म दल रोज्न पाउने

जसपा र एमालेका जनप्रतिनिधिले भदौ १५ देखि २२ गतेसम्म दल रोज्न पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • १९:०९:४८ बजे
  • 520
    SHARES
  • जसपा र एमालेका जनप्रतिनिधिले भदौ १५ देखि २२ गतेसम्म दल रोज्न पाउने

    नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्ने समय पाएका छन् । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो ।

    images

    एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी गठन भएको थियो। नयाँ दल दर्ता गरी प्रमाणपत्र समेत दिइसकेपछि निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिलाई भदौ १५ गतेदेखि २२ गतेसम्मका लागि दल रोज्ने समय दिएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोबारे जानकारी गराउन सक्ने जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology