Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आज सत्तारुढ गठबन्धनको बैठक बस्दै

आज सत्तारुढ गठबन्धनको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७८ सोमवार • १०:३३:३९ बजे
  • 1.6K
    SHARES
  • आज सत्तारुढ गठबन्धनको बैठक  बस्दै

    सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान बैठक बस्न लागेको हो । आजको बैठकमा सरकार विस्तार र पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने भएको छ । यसअघि हिजो दुई चरणमा भएको भेटवार्तामा पनि सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

    images

    नेकपा (एकीकृत समाजवादी) को हिजो बसेको संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको थियाे । त्यस्तै, जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयमा आवश्यक छलफल गरी निर्णय गरिसकेको छ । गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology