Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरु मन्त्रिपरिषद् विस्तारबारे छलफलमा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरु मन्त्रिपरिषद् विस्तारबारे छलफलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७८ सोमवार • ११:३१:५० बजे
  • 958
    SHARES
  • प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरु मन्त्रिपरिषद् विस्तारबारे छलफलमा

    पोखरा । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरु मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बसिरहेको छ ।

    images

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् ।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे आइतबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संयुक्त छलफल गरेका थिए ।

    गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेकपा एकीकृत समाजवादी र जसपालाई समेत सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तारको तयारीमा छन् ।

    हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology