Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले फुटेको होइन हामीले विद्रोह गरेका हौ - खनाल

एमाले फुटेको होइन हामीले विद्रोह गरेका हौ - खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७८ सोमवार • १९:०१:५४ बजे
  • 976
    SHARES
  • एमाले फुटेको होइन हामीले विद्रोह गरेका हौ  - खनाल

    पोखरा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल उपचार पछ्ही स्वदेश फर्किएका छन । भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका खनाल स्वास्थ्यमा सुधार आएसँगै आज साेमवार स्वदेश फर्किएका हुन ।

    images

    नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

    त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले एमाले फुटेको नभइ आफूहरूले विद्रोह गरेको बताए । अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहङ्कारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उहाँको भनाइ थियो । 

    यस्तै उहाँले आफू ७० वर्ष नाघिसकेकाले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार नभएको भन्दै पार्टीले दिने जिम्मेवारी पूरा गर्ने बताएका छन। 

    आफूलाई आफ्नै भान्जीले मिर्गाैला दान दिएकाे नेता खनालले बताए। 

    नेता खनालले आफ्नाे उपचारमा सहयाेग गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थ मन्त्रीका साथै शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धनकाे सरकारलाई पनि धन्यवाद दिनुभयाे ।  

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology