Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

युवा संगठन वाइसिएल नेपाल नेतृत्व चयन गर्न असफल,प्रचण्डलाई जिम्मा

युवा संगठन वाइसिएल नेपाल नेतृत्व चयन गर्न असफल,प्रचण्डलाई जिम्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • ०९:४८:५७ बजे
  • 778
    SHARES
  • युवा संगठन वाइसिएल नेपाल नेतृत्व चयन गर्न असफल,प्रचण्डलाई जिम्मा

    सत्ता गठबन्धन मध्येको दल नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाल नेतृत्व चयन गर्न असफल भएको छ । नयाँ नेतृत्व चयनका लागि भदौ १२ देखि भर्चुअल विधिबाट काठमाडौंमा जारी वाइसिएलको राष्ट्रिय भेलाले नेतृत्व चयन गर्न नसक्नुको दोष पार्टी नेतृत्वलाई दिइएको छ । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर अझै पनि नेतृत्वले टुंगो नलाग्दा प्रतिनिधिहरु अन्योलमा छन् । पार्टी नेतृत्वका कारण नेतृत्व चयन हुन नसकेको वाइसिएलका नेताहरुले आरोप लगाएका छन । उनीहरुले पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुले गुनासोसमेत गरेका छन् ।

    images

    कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिंदा आफूहरु अन्योलमा परेको वाइसिएल नेताहरुले गुनासो गरेका हुन । माओवादी केन्द्रका नेताबाट पनि संगठनात्मक क्षेत्रमा पार्टीको तदर्थवादी प्रवृत्ति देखिएको भन्दै टिप्पणी सुरु भएको छ । वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुबोध सेर्पालीको दाबी रहेको छ ।

    सहमतिमा अध्यक्ष चयन गर्ने भनिए पनि सहमति जुट्न नसकेपछि नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । हालका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले देवकोटालाई प्रस्ताव गरे पनि सेर्पाली सहमत भएका छैनन् । सहमति नजुटेपछि वाइसिएलले आफ्नो नेतृत्वको चयन गर्न अध्यक्ष प्रचण्डको शरणमा पुगेको हो ।

    भेलामा काठमाडौंसहित सातवटै प्रदेशबाट गरी करिब सात सय प्रतिनिधिहरु सहभागी छन् । नेतृत्व चयनमा ढिलाइ हुँदा प्रतिनिधि व्यवस्थापनमा कठिनाइ भइरहेको वाइसिएलका प्रवक्ता पुष्प ओली बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology