Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा विवाद

प्रचण्डले गरे नेकपा फुट्नसक्ने संकेत

प्रचण्डले गरे नेकपा फुट्नसक्ने संकेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७७ बुधवार • १९:३२:११ बजे
  • 2.9K
    SHARES
  • प्रचण्डले गरे नेकपा फुट्नसक्ने संकेत
    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्नसक्ने संकेत गरेका छन् । उनले त्यसका लागि मानसिकता तयार गरेर बस्नसमेत भनेका छन् ।
    आज आफ्नो समुहका नेता तथा निकटस्थ सञ्चारकर्मीलाई बोलाएर भेला गर्दै प्रचण्डले कुनैपनि बेला कठोर निर्णय लिएर जानुपर्ने परिस्थितिबारे व्याख्या गरे । यस्तै परिस्थिति रहे पार्टी फुटतर्फ जाने खतरा आउनसक्छ, प्रचण्डको भनाई उदृत गर्दै एक सहभागीले भने, कहिलेकाहीं खराब परिस्थिति पनि आउनसक्छ र त्यसका लागि मानसिकता तयार गरेर बस्नुपर्छ । प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गरे । उनले आफ्नो अपमान गर्ने गरी निरन्तर गतिविधिहरु भइरहेको टिप्पणी गरे ।
    पूर्व एमालेहरुलाई एक बनाउने र पूर्व माओवादीलाई तान्ने शैलीमा आक्रमण गर्नुपर्छ भन्ने हिसाबले जान खोजिएको आरोप लगाए । ओलीले पार्टीको निर्णय समेत नमान्ने भनेर बढ्न खोजेको भन्दै असन्तुष्टि जनाए । प्रचण्डले अध्यक्षका रुपमा आफ्नो कुर्सी हटाएर अपमानित गरेको स्मरण गराए । ओलीमाथि पटक पटक फुटको पक्षमा गतिविधि गर्दै आएको प्रचण्डको आरोप थियो ।
    निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, बहुदलीय जनवादको नारा देखि सडकमा राष्ट्रवादको नाममा नारावाजी लगाउने सम्म गराइएको आरोप लगाए । भेलामा प्रचण्डका अलावा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । अवस्था यसरी नै बढे पार्टी गम्भीर दुर्घटनामा पुग्ने र दुरगामी नकारात्मक असर पर्ने भन्दै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology