Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डा किचलो

सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डा किचलो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • १४:०३:४५ बजे
  • 1.9K
    SHARES
  • सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डा किचलो

    सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच आज बसेको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । अर्को बैठकको समय भने तोकिसकिएको छैन ।

    images

    शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेन । एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको बुझिन्छ ।

    स्रोतका अनुसार अर्को बैठक गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने समझदारी भएका हो । आज बिहान ९ बजेको बैठकमा सबै दलले दोस्रो तहका नेताहरू समेत राखेर छलफल गरेका थिए ।

    गाँठो झन् कसिलो

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारलाई पुर्णता दिन सकेका छैनन् । पाँच दलीय गठबन्धन सरकारले डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

    गठबन्धनमा रहेका दलहरुबीच शुक्रवारयता दिनहुँजसो छलफल भइरहेता पनि मन्त्रालय भागबण्डामा नै कुरा मिल्न सकेको छैन । पाँच दलका शीर्ष नेताहरुले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरतस्वरुप आज बसेको बैठकले पनि सहमति जुटाउन सकेन ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेदेखि बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको हो । बालुवाटार स्रोतका अनुसार मन्त्रालयको भागबण्डा मिलाउन नसकेपछि पाँच दलको बैठक बिना निष्कर्ष उठेको हो ।

    बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

    बैठक फेरि आज (मंगलबार) साँझ नै बस्ने तयारी गरिएको छ । मंगलबार साँझको बैठकमा पाँच दलका सभापति र अध्यक्षहरू मात्रै बस्ने बताइएको छ । बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुट्न नसकेपछि प्रमुख चार नेताको अर्को बैठक राख्ने सहमति भएको हो ।

    मन्त्रालय भागबण्डामा गठबन्धनका सदस्य नेताहरुले अडान नछाडेपछि मन्त्रिपरिषद् विस्तारको गाँठो झन् कसिलो भएको बुझिन्छ । स्रोतका अनुसार पाँच दलमध्ये कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच ६ मन्त्री र एक राज्य मन्त्री लिने करिब सहमति भएको हो । सत्तारुढ गठबन्धनले मन्त्रालयको भागवण्डा गर्न नसक्दा समस्या भएको छ ।

    आज सहमति जुटेको अवस्थामा बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भनिएको थियो । सत्तारुढ दलहरु आफ्नो अडानमा कायम रहेपछि बुधबार पनि मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून देखिन्छ ।

    माधव नेपाल समूहको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भए पनि सहमति जुट्न नसक्दा गठबन्धन सरकारमा थप किचलो बढेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology