Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • १९:०९:२९ बजे
  • 1.6K
    SHARES
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

    माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् | मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिएका हुन् |

    images

    हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसहरुले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउन साथ अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पारे । आगामी भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्नेछ |

    निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्ने वित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ । त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिए । २३ गते हाम्रो प्रदेशमा कति जना यो दलमा भयो भनेर नाम दिन्छ । त्यो नाम दिएपछि त्यसपछि हामी हाम्रो दलको तर्फबाट यहाँ संसद सचिवालयमा पेश गर्छाै |

     पार्टीको तर्फबाट त मलाई नै अघि सारिएको छ । नेता पाण्डेले सत्तारुढ दलहरु सबैले मुख्यमन्त्रीमा आफूलाई सहमती दिएको पनि बताए |

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology