Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० सांसदले गरे पार्टी परित्याग

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० सांसदले गरे पार्टी परित्याग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • १९:१४:५४ बजे
  • 877
    SHARES
  • सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० सांसदले गरे पार्टी परित्याग

    सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० सांसदले पार्टी परित्याग गरेका छन् । उनीहरुले एमाले छाडेर माधव नेपाल नेतृत्वको (नेकपा एकीकृत समाजवादी) रोजेका हुन् । उनीहरुले आज निर्वाचन आयोगको कार्यालये पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । एकीकृत समाजवादीमा पूर्णा जोशी, कुलवीर चौधरी, सुशील बुढाथोकी, लाल बहादुर खड्का, माया भट्ट, चुन कुमारी चौधरी, अमर साउद, मना साउद, दुर्गा विक र बलबहादुर सोडारीले सनाखत गरेका छन् |

    images

    बाँकी केही सांसदको कागजात नपुगेर सनाखत हुन नसकेको बताइएको छ । एकीकृत समाजवादीले आफ्नो पक्षमा १४ सांसद रहेको दावी गरेको छ |

    निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज सनाखत गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद थिए । माओवादी केन्द्रको १२, कांग्रेसका १२ र जसपाका २ सांसद रहेका छन् |

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology