Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुन्दर भएकै कारण बेरोजगार भइन् यी मोडेल

सुन्दर भएकै कारण बेरोजगार भइन् यी मोडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • २०:२१:४२ बजे
  • 1.4K
    SHARES
  • सुन्दर भएकै कारण बेरोजगार भइन् यी मोडेल

    एजेन्सी / संसारकै धनी मुलुक अमेरिकामा एकजना युवतीचाहिं बढी सुन्दर भएकै कारण बेरोजगार हुनु परेको छ । एमी कुप्स नामक ती मोडेलले आफ्नो बेरोजगारीको अनौठो कारण बताएकी छिन् । आफूले आफ्नो सुन्दरता र कामुकताकै कारण कुनै जागिर पाउन नसकेको उनको दाबी छ । नर्थ क्यारोलिनामा बस्ने एमी कुप्सले पछिल्लो केही वर्षदेखि राम्रो जागिरको खोजी गरिरहेकी छिन् । तर जुनसुकै जागिरका लागि अन्तर्वार्ता दिए पनि उनी छनोट हुन सकेकी छैनन् |

    images

    कार मार्केटिंगलगायतका हरेक क्षेत्रमा जागिर खोज्न गएकी छिन् । केही वर्षअघि सम्म एमीले शिक्षिकाको रुपमा जागिर गर्दथिन् । तर जब उनी Onlyfans मोडेल भएको कुरा थाहा भयो उनको शिक्षिकाको जागिर मात्र गुमेन अरु जागिर पनि उनले पाएकी छैनिन् । एमीका अनुसार पछिल्ला केही वर्षदेखि जब उनी जहाँ पनि जागिरका लागि अन्तर्वार्ता दिन जान्छिन् अन्तर्वार्ताकारहरु उनलाई घुरेर हेर्छन् । पुरुषहरु आफ्नो सुन्दरता र हटनेस देखेर नर्भस हुने गरेको उनको जिकिर छ|

    आफ्नो सुन्दरता करिअरका लागि सबैभन्दा ठूलो अड्चन बनेकोमा उनलाई दु:ख छ । तर राम्रो जागिर नपाएपछि उनले आफ्नो मोडलिङ करिअरबाट भने राम्रै आम्दानी गरिरहेकी छिन् । Onlyfan Model रिहेकी एमी Only Fans प्लाटर्फममा आफ्ना फोटो तथा भिडियोहरु बिक्री गरेर रकम आर्जन गर्ने गरेकी छिन् । सो प्लाटर्फम खासगरी पोर्न भिडियो तथा फोटोहरुका लागि चर्चित भएको हुँदा एमीको छवि खराब बनेको र बाहिर जागिर पाउन मुस्किल बनेको हो |

  • सम्बन्धित विषय:

  • # सुन्दर
  • # मोडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology