नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जाली(सुविन) चयन हुनुभएको छ । माओवादी आन्दोलनका जुझारु युवा नेता जुग्जाली मालिका गाउँपालिका ७ बिमका वडा अध्यक्ष हुनुहु्न्छ । माओवादीको मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय भएको छ।
जनयुद्ध देखि नै सकृय रुपमा माओवादीमा रहनु भएका टेक विश्वकर्मालाई बैठकबाट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । विश्वकर्मा दलित समुदाय भित्र इमानदार र भरोसा योग्य नेताको रुपमा परिचीत हुनुहुन्छ ।
विश्वकर्मा गण्डकी प्रदेशमा लोकप्रिय रुपमा लिइने गरिन्छ । दलित मुक्तिमोर्चाको नेतृत्व युवाको काँधमा आएपछि संगठन विस्तारले गति लिने विश्वास गरिएको छ । विश्वकर्मा युवाका माझमा लोकप्रिय हुनुहुन्छ । राजनीतिक र वैचारिक रुपमा पनि टेक विश्वकर्मा खारिएको युवा नेता हो ।
विश्वकर्मा नेतृत्वमा आएपछि दलित मुक्तिमोर्चा गण्डकी प्रदेशमा शसक्त भएर आउने विश्वास गरिएको छ ।
त्यसै गरि याेङ्ग कम्युनिस्ट लिग नेपालकाे केन्द्रीय समित सदस्य नगेन्द्र के सि पुनम खड्कालाई जिम्मेवारी दिएको छ ।