Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सभामुख विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

सभामुख विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७८ बुधवार • १५:३४:०८ बजे
  • 1.5K
    SHARES
  • सभामुख विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

    सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी सरेको छ । बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । रिट निवेदकमध्येका एक कनकमणि दीक्षितले एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको पेसी सरेको बताए । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ |

    images

    काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधापनक इजलासमा करिब १० वर्षदेखि विचाराधीन रहेको छ । सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेसी चढेको थियो |

    उक्त दिन हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो । सापकोटाविरुद्ध २०७२ चैत २६ मा अधिकारकर्मी सुशील प्याकुरेललगायतले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर गरेको रिट र अर्जुन लामाको हत्यासम्बन्धी लामाकी पत्नि पूर्णिमायाले ०६९ मंसिर ७ मा दायर गरेको रिटका साथै ०६८ असार ६ मा सापकोटाले दर्ता गराएको अदालतको अवहेलना सम्बन्धी मुद्दा एउटैमा समेटेर सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढेको हो

    । २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology