Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छुट्टाछुट्टै बैठक बस्दै विवेकशील साझाका दुई समूह

छुट्टाछुट्टै बैठक बस्दै विवेकशील साझाका दुई समूह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७८ बिहिवार • ०९:५५:०२ बजे
  • 484
    SHARES
  • छुट्टाछुट्टै बैठक बस्दै विवेकशील साझाका दुई समूह

     वैचारिक मतभेद चुलिएको विवेकशील साझा पार्टीको दुई समूहका छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले बैठक साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद राज पाठकले बताए |

    images

    मिश्र समूहले पार्टीमा उत्पन्न वैचारिक बहस, गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ । त्यस्तै पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्ने एजेण्डा तय गरेको छ । अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद उत्पन्न भएको थियो |

    पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताइ सकेको छ । आजको बैठकमा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी गरेको पनि बुझिएको छ । मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । त्यस्तै पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी सुरु गरेको छ । त्यसका लागि अहिले पाण्डे समूह आन्तरिक छलफलमा छ |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology