Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यी हुन प्रदेश मा २ मा नेकपा एकीकृत समाजवादी रोज्ने ११ सांसद

यी हुन प्रदेश मा २ मा नेकपा एकीकृत समाजवादी रोज्ने ११ सांसद

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १७, २०७८ बिहिवार • १७:११:२५ बजे
  • 1.2K
    SHARES
  • यी हुन प्रदेश मा २ मा नेकपा एकीकृत समाजवादी रोज्ने ११ सांसद

    पोखरा । नेकपा एमालेका  प्रदेश २ का ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार  १० जना भौतिक रूपमा र एक जनाले पत्रमार्फत एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

    images

    प्रदेश सांसदहरु सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेको सांसद रविन्द्र बैठाले जानकारी दिए। 

    पत्रमार्फत भने क्यान्सर पीडित भई उपचाररत डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद बैठाले जानकाकरी दिए।

    बैठाका अनुसार यसअघि नेपाल समूहमा खुलेका  सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले  सनाखत गरेका छैनन्।

    प्रदेश २ मा एमालेका २१ सांसद छन्।  

  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology