पोखरा । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख एव् पुर्व मन्त्री गोपालमान श्रेष्ठले पार्टी सभापति पदमा लड्ने घोषणा गरेका छन्।
गृहजिल्ला स्याङ्जाका अगुवा नेताकार्यकर्ता उपस्थित भेलाबाट श्रेष्ठले औपचारिक रूपमा १४ औं महाधिवेशनमा सभापति लड्ने घोषणा गरे।
पार्टी कार्यालयमा बुधबार भएको कार्यक्रमबाट सभापतिमा उठ्ने आफूले औपचारिक घोषणा गरेको श्रेष्ठले बताए।
‘सभापति उठ्ने तयारी पहिलेदेखि नै गरेको थिएँ, स्याङ्जा आएर घोषणा नै गरेँ,’ उनले भने, ‘मलाई देशभरका साथीहरूको सहयोग छ।’
श्रेष्ठ लामो समयदेखि सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबहाक सभापति भएर पनि काम गरेका थिए।
लामो समयदेखि सहयोग गरिरहेका श्रेष्ठलाई नै सभापति देउवाले संगठन विभाग प्रमुख मनोनित गरेका थिए।
देउवाका निकट रहेका श्रेष्ठ र उपसभापति विमलेन्द्र निधि सभापति लड्ने बताइसकेका छन्। यसले देउवालाई फेरि सभापति जित्नका लागि अप्ठेरो पर्ने देखिँदै गएको छ।