Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

८ जना वडा अध्यक्षसहित २६ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

८ जना वडा अध्यक्षसहित २६ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७८ शुक्रवार • ११:००:४४ बजे
  • 1.6K
    SHARES
  • ८ जना वडा अध्यक्षसहित २६ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

    चितवनका २६ जना जनप्रतिनिधि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् । बिहीबार भरतपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका स्थानीय तहका २६ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन् |

    images

    जसमध्ये १२ जना भरतपुर महानगरपालिका र १४ जना रत्ननगर नगरपालिकाका जनप्रतिनिधि छन् । भरतपुर महानगरपालिकाका ५ जना वडा अध्यक्षसहित १२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का वडाअध्यक्ष यमलाल कँडेल, १० का वडा अध्यक्ष अरुण पीडित भण्डारी, १२ का वडा अध्यक्ष नरेन्द्र कनदङ्वा र २२ का वडा अध्यक्ष विष्णु महतसहित १२ जना नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् |

     रत्ननगर नगरपालिकाका ३ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यसहित १४ जनाले बिहीबार नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् । रत्ननगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रोशन आचार्य, १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ, १५ का वडा अध्यक्ष होमनाथ लामिछाने तथा कार्यपालिका सदस्यहरु कृष्णहरि परियार, राजेन्द्र हमाल र निर्मला खड्कासहित १४ जना नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् |

    भदौ २२ गतेसम्म सनाखत गर्ने समयसीमा रहेकाले नेकपा एमालेबाट निर्वाचित अझै केही जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्ने छन् |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology