पोखरा । नेपाल प्रहरीका पाँचजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बिहीबार सरुवा भएको छ ।
एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले बतायाे ।
त्यस्तै एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुखका रूपमा थमौती गरिएको छ ।
देशभर १७५६ जनामा कोरोना पुष्टि ,२३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १७५६ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । यसै गरी २ हजार २७४ जना निको भएका छन् ।
९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।