Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसीबारे प्रष्ट पार्न अमेरिकालाई नेपाल सरकारको पत्र

एमसीसीबारे प्रष्ट पार्न अमेरिकालाई नेपाल सरकारको पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • ०९:२७:५८ बजे
  • 982
    SHARES
  • एमसीसीबारे प्रष्ट पार्न अमेरिकालाई नेपाल सरकारको पत्र

    सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँदै आएको छ । शुक्रबार सरकारले एमसीसी सम्झौताबारे उठेका विवादित विषयबारे प्रस्ट्याउन अमेरिकी दूतावासमार्फत पत्र पठाएको हो|

    images

    अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई विवादित विषयमा स्पष्ट पार्न भन्दै पत्र पठाएको जनाइएको छ । स्रोतका अनुसार नेपालले एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि रहने कि नरहने, यसको सुरक्षा प्रभाव, इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत एमसीसी पर्छ कि पर्दैनलगायतका विषयमा प्रस्ट पार्न आग्रह गरेको छ । एमसीसीमा उल्लेखित कतिपय प्रावधानले राष्ट्रघात गर्ने भन्दै यथास्थितिमा एमसीसी पारित गर्न नहुने आवाज उठ्दै आएको छ । सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल एमालेकै कतिपय नेताहरूले एमसीसी सम्झौताका विषयमा प्रश्न उठाउँदै विरोध गर्दै आइरहेका छन् |

    उनीहरूले एसमीसी सम्झौताका कतिपय विषय संशोधन गरेर मात्रै संसद्बाट पास गर्नुपर्नेमा जोड दिँदै आएका छन् |अमेरिकी दूतावास स्रोतका अनुसार इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको प्रसंग, जग्गा अधिग्रहणसम्बन्धी प्रश्नमा अमेरिका जवाफ दिन तयार छ । त्यसको अनौपचारिक सन्देश र संकेत अमेरिकी दूतावासले एमसीए नेपाललगायत सरकारका प्रतिनिधि र दलका नेताहरूलाई समेत गरिसकेको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology