Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

शिल्पा शेट्टी ठूलो ठूलो आवाजमा हाँसेको देखेर युजरले भने, ‘लाज छैन ?

शिल्पा शेट्टी ठूलो ठूलो आवाजमा हाँसेको देखेर युजरले भने, ‘लाज छैन ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • ०९:३२:१० बजे
  • 1.4K
    SHARES
  • शिल्पा शेट्टी ठूलो ठूलो आवाजमा हाँसेको देखेर युजरले भने, ‘लाज छैन ?

    बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा फसेपछि शिल्पामाथि धेरै प्रकारका प्रश्नहरु उठाइएको छ । राजको विवादाले शिल्पाको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर परेको छ । पतिको पोनोग्राफी केस चलिरहेको समयमा शिल्पा शेट्टी एउटा च्याट शोको प्रोमोमा देखिएकी छन् |

    images

    उनी जेनिस सेक्युएराको टक शोमा क्रिकेटर बी यु निकसँग देखिएकी छन् | तर, शोको प्रोमो आएसँगै शिल्पामाथि विभिन्न प्रकारका प्रतिक्रिया जनाउन थालिएको छ । यद्यपि, उक्त च्याट शोको शुटिङ राज कुन्द्रा पोनोग्राफी मामिलामा पक्राउ पर्नुअघि जुलाईमा लिइएको थियो | शोको प्रोमो भिडियोमा शिल्पा शेट्टी ठूलो ठूलो आवाजमा हाँसेकी छन् ।

     ट्रोलर्सले शिल्पालाई हाँसेको देखेर राज कुन्द्राले पोर्न कन्टेन्ट बनाएको विषयलाई जोड दिँदै ट्रोल गर्न सुरु गरेका छन् । एक युजरले शिल्पा शेट्टीको भिडियोमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘ राज कुन्द्राले पोनोग्राफीमार्फत कति युवतीहरूको जिन्दगी बर्बाद बनायो । यति ठूलो स्क्यान्डलपछि पनि कसरी मान्छे यति खुशी हुन सक्छ ? लाज लाग्दैन ?’

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology