Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

देउवा–प्रचण्ड–माधवबीच बालुवाटारमा भेटवार्ता

देउवा–प्रचण्ड–माधवबीच बालुवाटारमा भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • १०:५४:३० बजे
  • 664
    SHARES
  • देउवा–प्रचण्ड–माधवबीच बालुवाटारमा भेटवार्ता

    सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरु शनिवार पनि भेटवार्तामा जुटेका छन् । मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् । शनिवार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको हो |

    images

    दुई घण्टा छलफल भएको थियो । सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डा नमिलेपछि शीर्ष नेताहरु तनावमा छन् ।महत्वपूर्ण मन्त्रालयहरुमा दलहरुको दावी प्रस्तुत भएपछि भागवण्डा टुंग्याउन सकेको छैन |

    मन्त्रालयको संख्या टुंगिएपनि कुन कुन मन्त्रालय कसलाई भन्ने विषयमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । देउवा प्रधानमन्त्री भएको डेढ महिना बितिसक्ना पनि मन्त्री परिषद विस्तार गर्न नसक्दा सर्वत्र आलोचना भएका छन् भने मन्त्रालयका काम कारवाही ठप्प बनेको छ |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology