Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संघीय संसद्को अधिवेशन बोलाउने सरकारको तयारी

संघीय संसद्को अधिवेशन बोलाउने सरकारको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • १५:२६:३८ बजे
  • 568
    SHARES
  • संघीय संसद्को अधिवेशन बोलाउने सरकारको तयारी

    सरकारले संघीय संसद्को अधिवेशन बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ दलका नेताहरुसँग छलफल थालेका छन् । शनिबार विहान प्रधानमन्त्री देउवाले बालुवाटारमा सभामुख सापकोटा, सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् |

    images

    संसद अधिवेशन बोलाउनेबारे छलफल भएको छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री देउवाको सचिवालयले बैठकमा सत्तारुढ गठबन्धनको एकता, सरकारका कामकारबाहीमा प्रभावकारिता र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय पनि उठेको जानकारी दिए |

    स्रोतका अनुसरा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र संसद्बाट अमेरिकासँग गरिएको एमसीसी सम्झौता पास गराउने विषयलाई छलफलको विषय बनाएका छन् । एमसीसी पास गर्नकै लागि संसद् अधिवेशन बोलाउनुपर्ने प्रधानमन्त्री देउवाको जोड रहेको बुझिन्छ |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology