Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किन कि उ कम्युनिस्ट हो ?

किन कि उ कम्युनिस्ट हो ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • १०:४७:२१ बजे
  • 2.2K
    SHARES
  • किन कि उ कम्युनिस्ट हो ?
    राम चन्द्र तिम्सिना 
    (आवाज)
    अभियन्ताको गर्जनसंग भड्किन्छ !
    नागार्जुनको अस्थिपन्जरसंग तर्सिन्छ 
    दासढुङ्गाको भुत संग धड्किन्छ !!
    किनकी उ कम्युनिस्ट हो !!!

    निर्मलाको आत्मा भित्र किच्कन्य !
    सालिकरामको फोटो भित्र मुर्कुट्टा देख्छ !
    न्याय संग डराउँदैन, कानुन मान्दैन !
    किनकी उ कम्युनिस्ट हो !!

    बिस्तारवाद संग झुक्छ !
    साम्राज्यवाद संग लुक्छ !
    बिरोध गर्ने जनतालाई छानीछानी कुट्छ।
    किनकी उ कम्युनिस्ट हो !!

    माफियासंग मुत्छ।
    दलालसंग सुत्छ,
    गद्दारसंग हिड्छ ,
    सोझासंग भिड्छ।
    किनकी उ कम्युनिस्ट हो !!

    सर्वहाराको झुपडी भत्काएर !
    पुँजिपतिको महल टाल्छ,
    गरिब किसान मारेर,
    बिचौलिया पाल्छ,
    किनकी उ कम्युनिस्ट हो !!

    मार्क्सको फोटो टाँसेर, मोदि पाल्छ !
    जबज जपेर, त्रिशुलिमा जिप फाल्छ!!
    MCC समातेर अमेरिका तान्छ !!
    किनकी उ कम्युनिस्ट हो !!
    किनकि उ कम्युनिस्ट हो !!

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology