Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संसद अधिवेशन भदौ २३ मा बोलाउने सरकारको निर्णय

संसद अधिवेशन भदौ २३ मा बोलाउने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • १८:१५:५१ बजे
  • 643
    SHARES
  • संसद अधिवेशन भदौ २३ मा बोलाउने सरकारको निर्णय

    सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दए |

    images

    आज विहान संसद अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो |

    सरकारले राजनीतिक दलसम्बनधी अध्यादेश पारित गराउन र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ । यसअघि गएको साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटिसकेका छन् |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology