Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अनेरास्ववियुले जलाए मोदीको पुत्ला

अनेरास्ववियुले जलाए मोदीको पुत्ला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • १८:४४:३१ बजे
  • 1.6K
    SHARES
  • अनेरास्ववियुले जलाए मोदीको पुत्ला

    दार्चुला घटनाको विरोधमा नेकपा एमाले निकट बिद्यार्थीहरुले नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । एमाले निकट अनेरास्ववियुका बिद्यार्थीहरुले शनिबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका हुन् |

    images

    उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, कठपुतली सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । त्यस्तै उनीहरुले एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पनि पुत्दा दहन गरेका थिए । पुत्दा दहन गर्दा प्रदर्शनीमार्गमा प्रहरीले हस्तक्षेप गरेको थियो |

    भारतीय सीमा सुरक्षा बल-एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए |

    घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ । तर घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै बिद्यार्थीहरुले विरोध प्रदर्शनसहित पुत्ला दहन गरेको जनाएका छन् |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology