Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल

नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७८ आइतवार • १२:३०:१७ बजे
  • 1.6K
    SHARES
  • नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल

    माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्कालीन एमालेमा स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ |

    images

    नेकपा एस. गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा उल्लेख भएअनुसार हाल पाँचजनाको स्थायी कमिटी गठन गरिएको छ भने सचिवालय प्रमुखको जिम्मेवारी भुसालले पाएका छन् । पार्टीको विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ |

     राष्ट्रिय भेलाअघि पदाधिकारीले पूर्णता नपाउने भएपछि हाललाई अन्तरिम सचिवालय र स्थायी कमिटी गठन गरिएको नेकपा (एस)ले जनाएको छ । स्थायी कमिटीमा नेपाल वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल छन् । केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नभएसम्मका लागि गठन गरिएको अन्तरिम स्थायी कमिटी सदस्य भुसालले भने सचिवालय संयोजकको जिम्मेवारी पाएका हुन् |

    सचिवालयका सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जिवनराम श्रेष्ठ छन् । पार्टी विधानमा सचिवालयको प्रमुख महासचिव हुने व्यवस्था भएपनि हाल पदाधिकारी चयन भइसकेका छैनन् । सचिवालय प्रमुखले सचिवालयमा रहेका सदस्यको परामर्शमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्छ |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology