Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एकीकृत समाजवादीको प्रवक्तामा जगन्नाथ खतिवडा

एकीकृत समाजवादीको प्रवक्तामा जगन्नाथ खतिवडा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७८ आइतवार • १३:३९:१८ बजे
  • 3.0K
    SHARES
  • एकीकृत समाजवादीको प्रवक्तामा जगन्नाथ खतिवडा

    नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग प्रमुख एवं प्रवक्तामा जगन्नाथ खतिवडा चयन भएका छन् । खतिवडा प्रचार विभाग प्रमुख नियुक्त भएको एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा उल्लेख गरिएको छ । एकीकृत समाजवादी पार्टीले सात सदस्यीय स्थायी कमिटीसमेत चयन गरेको छ |

    images

    स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल स्थायी कमिटी सदस्य रहेका छन् । दैनिक कार्य सम्पादन गर्नका लागि पार्टीले डा. बेदुराम भुसालको संयोजकत्वमा सचिवालय गठन गरेको छ । सचिवालयको सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन् |

    यस्तै पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा. गंगालाल तुलाधरलाई दिइएको छ । एकीकृत समाजवादी पार्टीले प्रदेशको पार्टी कामलाई संयोजन गर्नका लागि प्रदेश इञ्चार्ज समेत तोकेको छ । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, वागमती प्रदेशमा केदार न्यौपाने गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्विनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकिएको छ |

    सुदुरपश्चिम प्रदेशको इन्चार्ज पछि तय गरिनेछ । यस्तै उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश कमिटीको इन्चार्जमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा। विजय पौडेल चयन भएका छन् |

    यस्तै प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद शाह, अदालत र निर्वाचन आयोग सम्बन्धी काम हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारीमा विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरी जिम्मेवारी दिइएको छ |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology