Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७८ आइतवार • १६:१७:३८ बजे
  • 910
    SHARES
  • सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी

    सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् |

    images

    राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो |

    सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए |

    यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भइसकेका थिए |

    आइतबार थप तीन जना सामेल भएसँगै नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् भने अब एमालेमा १२ सांसदमात्र छन् । दल विभाजनपछि एमालेको तुलनामा नवगठित दल प्रदेशसभामा ठुलो देखिएको हो |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology