Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमसीसी सम्झौता नेपालको हितमा छैन : भीम रावल

एमसीसी सम्झौता नेपालको हितमा छैन : भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७८ आइतवार • १७:०३:२० बजे
  • 616
    SHARES
  • एमसीसी सम्झौता नेपालको हितमा छैन : भीम रावल

    नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणी गरे |

    images

    नेपाली जनताका प्रतिनिधिहरु अब छिट्टै नै बस्ने संसदमा नेपाल सरकार र एमसीसी सम्झौता के गर्छौ भनेर हेरिरहेको उनले बताए । रावलले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको पनि जिकिर गरे |

    भारत, चीनलगायतका देशसँगपनि नेपालले विभिन्न सम्झौता गरेको भन्दै ती सम्झौताहरु संसद्मा नपठाईएको रावलको भनाई छ । उनले दार्चुला महाकारी घटना देखि नेपाल भारत सीमा समस्या रहेका बेला सरकारले चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको भन्दै आपत्ती जनाए |

    रावलले नेकपा (एमाले) को पार्टी एकताको लागि आफूहरुले गम्भीर पहल गरेको पनि स्मरण गराए । उनले एमालेलाई बलियो बनाउन १० बुदे सहमतिको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology