Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अनौठो यी महिला ४० वर्षदेखि निदाएकी छैनिन्

अनौठो यी महिला ४० वर्षदेखि निदाएकी छैनिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७८ आइतवार • १९:२०:१९ बजे
  • 970
    SHARES
  • अनौठो यी महिला ४० वर्षदेखि निदाएकी छैनिन्

    एजेन्सी/ शान्तिको निद्रासहित सुत्नुपनि कुनै बरदानभन्दा कम होइन । हाम्रो शरीरलाई खानपान, व्यायाम तथा अन्य कामहरु जतिधेरै आवश्यक छन् उति नै आवश्यक आराम अर्थात् निद्रा पनि हुन्छ |

    images

    थकान मेटाउनका लागि जब हामी निदाउँछौँ त्यस समय हाम्रो शरीरको प्रणाली पुनर्ताजगी हुने मात्र होइन शरीरबाट कैयन् विषाक्त पदार्थ निर्मलीकरणमा सहयोग पुग्दछ |

    एक दुई दिन राम्रोसँग सुत्न नपाउँदा वा निद्रा नआउँदा समेत हामीलाई बिसञ्चो भएजस्तो वा मानसिक तथा शारीरिक रुपले थाकेजस्तो महसुस हुन्छ । तर चीनकी एकजना महिला भने ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् । ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन् |

    आफ्नो जीवनमा उनी केवल बाल्यकालमा मात्र सुतिन् । आफु ५-६ वर्षको उमेरसम्म मात्र सुतेको र त्यसपछि आफू कहिल्यै पनि नसुतेको उनी बताउँछिन् । लीका पति लिउ सुओक्विन पनि आफूले आफ्नी श्रीमती निदाएको कहिल्यै पनि नदेखेको बताउँछन् |

    निद्रा नलाग्ने समस्याको समाधानका लागि उनले पत्नीको अनेक ठाउँमा गएर उपचार गरे, विभिन्न औषधिहरु पनि खुवाइयो, तर समस्या २० को १९ भएन । उनको अनिद्राको कारण पनि पत्ता लाग्यो |

    केही समय अगाडि बेइजिङको एक अस्पतालमा गरिएको वृहत परीक्षणका क्रममा डाक्टरहरुले उनको त्यो बिमारीको कारण पत्ता लगाएका हुन् |

    चिकित्सकहरुले उनलाई अस्पतालमा ४८ घण्टासम्म निगरानीमा राखे । त्यसक्रममा के पाइयो भने ली सुत्ने त रहेछिन् तर सामान्य मानिसहरु जस्तो होइन । उनी आँखा खोलेरै निदाउने रहिछिन् । अर्थात् अन्य मानिसहरुजस्तो निदाउने बेलामा उनको आँखा बन्द नहुने रहेछ |

    उनको निद्रा पनि निकै हल्का र छोटो समयमा सकिँदो रहेछ । अस्पतालमा निगरानीमा राखेकै बेला आफ्नो पतिसँग कुराकानी गरिरहेको बेला ली को आँखाको नानी केही खुम्चिएको डाक्टरहरुले देखे । उनले केही कुरा गरिरहेकै थिइन्, आँखा खुल्लै थियो । तर त्यो वास्तवमा उनी निदाएको अवस्था थियो |

    आँखा खुल्ला भए पनि उनको मस्तिष्क र शरीरका अन्य अंग भने निद्राको अवस्थामा भएका व्यक्तिको जस्तै हुन्थे । डाक्टरहरुका अनुसार ली ले २४ घण्टामा १० मिनेटभन्दा धेरै समय आँखा बन्द नगर्ने रहेछिन् |

    उनको अनौठो जैविक अवस्थाकै कारण ४० वर्षदेखि नसुतेको उनको दाबी सामान्य रुपमा सत्य नै सावित हुन्छ |

  • सम्बन्धित विषय:

  • # अनौठो यी महिला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology