Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा एमाले परित्याग

मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा एमाले परित्याग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७८ सोमवार • १०:५८:११ बजे
  • 1.1K
    SHARES
  • मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा एमाले परित्याग

    उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् |

    images

    मेयर चौधरी, त्रियुगा–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन |

    एकीकृत समाजवादीमा सनाखत गर्नेमा त्रियुगा–६ का वडा सदस्य जयराम पंजियार, ९ का वडा सदस्य खिलबहादुर कार्की, ११ का वडा सदस्य सकुन्तला विश्वकर्मा पनि छन् |

    त्रियुगा नगरपालिकाका १२÷१३ जनप्रतिनिधि एकीकृत समाजवादीमा आउने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मेयर चौधरीले बताए |

    एमालेबाट निर्वाचित प्रदेश सांसद् सुनिताकुमारी चौधरीले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरेकी छिन् |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology