Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्या १४ पुग्यो

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्या १४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७८ सोमवार • १९:२३:३७ बजे
  • 1.2K
    SHARES
  • सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्या १४ पुग्यो

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सुदूरपश्चिम प्रदेशसभाबाट थप एकजना खुलेसँगै प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका सदस्य संख्या १४ पुगेको हो |

    images

    प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादीका पक्षमा सोमबार सनाखत गराएकी हुन् |

    निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म विभाजन भएर बनेका नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिलाई समय तोकेको छ |

    सुदूरपश्चिम प्रदेशसभामा अब सभामुखसहित एमालेमा ११ सांसद बाँकी छन् । विभाजनअघि प्रदेशसभामा एमालेका २५ जना सांसद थिए |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology