Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मकवानपुरमा १० जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

मकवानपुरमा १० जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • १०:२९:४७ बजे
  • 856
    SHARES
  • मकवानपुरमा १० जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

    मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर उनीहरूले समाजवादीका लागि सनाखत गरेका हुन् |

    images

    मकवानपुरको इन्द्र सरोबर गाउँपालिका अध्यक्ष जीवन लामा सहित विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिले नेकपा एमाले त्यागेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् |

    त्यस्तै वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूले नेकपा समाजवादी रोजेका हुन् । सनाखत गर्ने जनप्रतिनिधिहरूमा इन्द्र सरोबर गाउँपालिका ५ का वडाध्यक्ष धनराज महर्जन, इन्द्र सरोबर गाउँपालिका कार्यपालिका सदस्यहरू दुर्गावती थोकर, मन्जु रुम्बा ५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो रहेका छन् |

    हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा उपमहानगरपालिका १ नम्बर वडा सदस्य ईश्वरी सुनार, थाहा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिनाले पनि नेकपा एसका लागि सनाखत गरेका हुन् |

    योसँगै नेकपा एसमा सनाखत गर्ने जनप्रतिनिधिहरूको सङ्ख्या ३५ पुगेको छ । यसअघि मकवानपुरका २५ जना जनप्रतिनिधिहरुले नेकपा एसका लागि सनाखत गरिसकेका छन् |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology